विराटनगर । विराटनगर ट्रक व्यवसायी सङ्घको अध्यक्षमा लोकनाथ पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

सङ्घको ३१ औं वार्षिक साधारणसभा तथा १६ औं अधिवेशनबाट पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा सञ्जीव सिग्देल, महासचिवमा रमेश श्रेष्ठ, सचिवमा दीपक जोशी र कोषाध्यक्षमा अशोक पोद्दार रहेका छन् । समितिको सदस्यहरूमा दिलिपकुमार धाडेवा, युवराज श्रेष्ठ, दिनेश सिग्देल, खगेन्द्र सिग्देल, वीरबहादुर गिरी, सुशीलकुमार जोशी र रामचन्द्र दाहाल रहेका छन् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूकोे पदस्थापन शनिबार राखिएको थियो ।