वराहक्षेत्र । वराहक्षेत्रको चतरास्थित तोरीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा तेस्रो पटक डम्बर सिग्देल निर्वाचित भएका छन् । 

उनी एमाले समूहबाट विजयी भएका हुन् । एमालेबाट ७ जना निर्वाचित हुँदा नेपाली काङ्ग्रेसलगायत गठबन्धनबाट ३ जना निर्वाचित भएका छन् । सिग्देलले ६ सय २ मत प्राप्त गर्दै निर्वाचित हुँदा गठबन्धनका कृष्ण कट्टेलले २ सय ८१ मत ल्याएका छन् । उनले ३ सय २१ मतान्तरले हराए । यसअघि पनि दुई कार्यकाल अध्यक्ष चलाइसकेका व्यक्ति हुन् । लेखा संयोजकमा दीपक कार्की निर्वाचित भए । उनले ४ सय २० मत प्राप्त गरेका छन् । 

१ नम्बर वडाको कोटाबाट मदनबहादुर बस्नेत ४ सय ५८ मत ल्याउँदै निर्वाचित भए । यस्तै खुला महिलातर्फ रेणुकुमारी तिम्सिनाले ३ सय ७९ मत, गोमादेवी न्यौपानेले ४ सय १८ मत ल्याए । त्यस्तै पुरुषतर्फ राजु कार्कीले ४ सय ९१ र विनोद गुरागाईंले ३ सय ७७ मत ल्याउँदै विजयी बनेका छन् । यता गठबन्धनबाट चन्द्रबहादुर मगरले ३ सय ६१ मत, दीपक कोइरालाले ३ सय ८५ मत र बिना राईले ३ सय ७८ मत ल्याएर विजयी बनेका छन् । 

कुल १ हजार सय १४ उपभोक्ताको १ हजार ३ सय ६४ मतदातामा ९ सय २८ मत खसेको थियो । ज्ञानबहादुर पाण्डेको संयोजकत्वमा हरिकृष्ण भट्टराई र कमल भण्डारी सदस्य रहेको निर्वाचन समिति बनेको छ । पुस २ गते समितिको सातौँ साधारणसभा तथा अधिवेशन भएको थियो तर, सहमति जुट्न नसकेपछि चुनावमा गएको हो ।

साधारणसभामा अध्यक्ष सिग्देलले आर्थिक वर्ष २०७७/७८ को आम्दानी १ करोड ३३ हजार १ सय ७८ आय तथा खर्च १ करोड ८ लाख ४१ हजार ४ सय ५१ व्यय सार्वजनिक गरिएको छ । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ९८ लाख ९२ हजार ६ सय ५७ रुपैयाँ आम्दानी तथा १ करोड ६२ लाख ७४ हजार २ सय ४६ रुपैयाँ खर्चको आर्थिक विवरण पेश गरे । सिग्देलले आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित २ करोड ६६ लाख ७५ हजारको बजेट पेश गरेका थिए ।