बिहिबार स्कुटर दुर्घटना भइ घाइते भएका वीरेन्द्र लिम्बूको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख (प्रहरी निरीक्षक) श्यामकुमार बस्नेतका अनुसार धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका मृत्यु भएकाे हाे । धरान–१९ बस्ने ४३ वर्षीय लिम्बू आफैंले चलाएका को ३२ प ८२३७ नम्बरको स्कुटी धरान–९ आचार्य लाइनस्थित भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटना भएकाे थियाे । 

अनुहार र हातखुट्टामा चोटलागेका उनकाे साढे तीन बजे नै मृत्यु भएको प्रहरीले जनाएको छ ।