भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले आर्थिक अवस्था कमजोर भएका ४ जना अशक्त  अपाङ्गहरूलाई छनौट गरी ह्वील चेयर वितरण गरेको छ ।

भद्रपुरस्थित होटल उडल्याण्डमा बुधबार आयोजित कार्यक्रममा  क्लबका चार्टर प्रेसिडेन्ट किशोर पराजुलीले उक्त ह्वील चेयर वितरण गरेका हुन् ।

ह्वील चेयर प्राप्त गर्नेहरूमा भद्रपुर–३ का १७ वर्षीय लेखनाथ गनगाईं, भद्रपुर–२ का १० वर्षीय प्रसन्न राई, भद्रपुर–४ वस्ने वर्ष ३८ का दिनलाल माझी र हल्दीबारी–३ निवासी वर्ष १६ का मेघराज ढुङ्गेल रहेका छन् ।

करिब ५० हजार मूल्य बराबरको ४ थान ह्वील चेयर वितरण गरिएको रोटरी क्लब अफ भद्रपुरका प्रेसिडेन्ट ईश्वर अधिकारीले जानकारी दिए ।

रोट्रयाक क्लब अफ भद्रपुरको सह–आयोजना रहेको कार्यक्रमको औचित्यमाथि क्लबका पाष्ट प्रेसिडेन्ट टीकाराज ढकालले प्रकाश पारेका थिए ।

पाष्ट प्रेसिडेन्टहरू दीपेश ढकाल, आदित्य पराजुली, विगत ओझा तथा प्रेसिडेन्ट इलेक्ट विनोद चापागाईंलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव पवन श्रेष्ठले गरेका थिए ।