श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर २६ गते सोमबार, १२ डिसेम्बर २०२२, नलनाम संवत्सर । पौष कृष्णपक्षको चतुर्थी  तिथि १९ः०७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पुष्य २३ः५० बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६ः४५ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्रोतसाधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नपछि भने आफन्तहरू अलि टाढिन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। पशुधनबाट लाभ उठाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको भरपर्दा धोका हुनसक्छ। आफ्नै सहयोगीले धोका दिन सक्नेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महŒवाकाङ्क्षी योजना तत्काल सार्वजनिक नगर्नु होला । थालेको काम बिग्रिए पनि मेहनत गर्दा फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हतारमा निर्णय नलिनु होला । समयमै काम पूरा हुनाले उत्साह जाग्नेछ । अध्ययनमा प्रगति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले रोकिएका काम बन्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विवादास्पद अभिव्यक्तिले भने केही अलमल्याउन पनि सक्छ।केही खर्चिलो काम गर्नुपर्ने परिस्थिति आउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।