धनकुटा । धनकुटामा प्रतिनिधि सभा तर्फ ३६ हजार, ४ सय, ४३ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले गठबन्धनका उम्मेदवार सुनिलबहादुर थापालाई भन्दा ५ सय,७१ मतले पछि पारेका छन् । 

नेकपा एमालेका उम्मेदवार राईले १५ हजार, ३ सय, ३६ मतले अघि बढ्दा गठवन्धनको तर्फबाट उम्मेदवार बनेको पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा १४ हजार, ७ सय ६५ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका पुर्व पोलिटव्यूरो सदस्य एवम् स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले माछा चुनाव चिन्हमा ३ हजार, ७ सय २० मत ल्याएका छन् । कुल ३६ हजार ४ सय ४३ मत गणना हुँदा १ हजार, ३ सय ८५ मत बदर भएर ३५ हजार,५८ मत सदर भएको छ । 

त्यसैगरी राप्रपा हलोका कुमारबहादुर थापाले हलो चिन्हमा ६ सय, ४० मत ल्याएका छन् भने संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बूले ४ सय, ७४ मत ल्याएका छन् । मंगलो नेश्नल अर्गानाईजेशनका विश्वमित्र लावतीले भाले चुनाव चिन्हमा ६४ मत ल्याएका छन् भने एकिकृत शक्ति पार्टी नेपालका रमेश राईले चुनाव चिन्ह त्रिशुलमा ५९ मत ल्याएका छन् । 

त्यस्तै प्रदेश ‘क’ तर्फ नेकपा एमालेका निरन कुमार राई अग्रस्थानमा रहेका छन् । उनले ७ हजार, ९ सय, २३ मतका साथ अघि वढ्दा उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका अर्जुन कुमार राईले ४ हजार, ७ सय ७२ मतका साथ पछ्याईरहेका छन् । त्यस्तै जसपाका उम्मेदवार तथा पूर्वमन्त्री रकम चेम्जोङले ४ हजार, २ सय, ५० मत सहित तेस्रो स्थानमा पुगेका छन् । धनकुटा नगरपालिकाको मुख्य वडाहरु ५,६ र ७ गणना हुनु अघिसम्म चेम्जोङ दोश्रो स्थानमा थिए । संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मनकुमार राईले दाप सहितको खुकुरी चुनाव चिन्हमा ३ सय, ७२ मत ल्याएका छन् । सो क्षेत्रमा १८ हजार, ८२ मत गणना हुँदा ७ सय, ७५ मत वदर भएको छ भने १७ हजार, ३ सय ७ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ । 

यता प्रदेश ‘ख’ तर्फ नेकपा एमालेका उम्मेदवार इन्द्रमणी पराजुलीले नै अग्रता लिइरहेका छन । उनले ८ हजार, ८ सय, २९ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ कुसुम कुमारी श्रेष्ठ (जुली) ले ६ हजार, ५ सय,६ मत प्राप्त गरेकी छिन । 

त्यसैगरी राप्रपाका श्यामबहादुर गुरुङ्गले हलो चुनाब चिन्हमा १ हजार, १ सय ८ मत ल्याएका छन् भने जनता समाजवदी पार्टीका डम्बर कटुवालले छाता चुनाव चिन्हमा ५ सय, ७ मत ल्याएका छन् । त्यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार बालानन्द दाहालले फुलकोपी चुनाब चिन्हमा ४ सय, ९३ मत ल्याएका छन् भने राप्रपा नेपालका सोमबहादुर घिसिङ तामाङले १ सय, ७८ मत ल्याएका छन् । जसपा पार्टी परित्याग गरी निर्वाचनमा भिडेका जितेन्द्र माम्पाङ राईले धारा चुनाव चिन्हमा १ सय ३२ मत प्राप्त गरेका छन् । त्यस क्षेत्रमा १८ हजार, ३ सय ५७ मत गणना भइसकेको छ । जसमा १७ हजार, ७ सय ५२ मत, सदर हुँदा ६ सय ४ मत बदर भएको छ । 

जिल्लाको कुल ६० वडा मध्ये ३५ वडाको मत गणना भइसकेको छ । अहिले धनकुटा नगरपालिकाको वडा नं.९ को मत गणना भइरहेको छ । महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकाको मत गणना भइसकेको छ  । धनकुटा नगरपालिकाको १० वडा मात्र बाँकी रहेको छ । धनकुटामा यस पटक कुल मतदाता मध्ये ५९.४० प्रतिशतले मात्रै मतदान गरेका छन् । १ लाख, १६ हजार, ९ सय, ९१ मतदाता रहेको धनकुटामा ६९ हजार, ४ हजार, ९३ जनाले मात्र मत खसालेका छन् ।