काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले तीन हजार चार सय ४५ मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए।

कूल १४ हजार सात सय ३१ मतगणना हुँदा दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गर्नुभएको छ । घिमिरेले तीन हजार तीन सय ५४ र लोकतान्त्रिक वाम–गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले दुई हजार ६ सय ९६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ । काठमाडौँको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ म्तदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार ६ सय मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए।