सुनसरीको एक मतदान केन्द्रमा विस्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । 

सुनसरी क्षेत्र नम्बर ३ को मतदान केन्द्र  बर्जू गाउँपालिका–५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय  गेटनजिकै विस्फोट भएको हो । विस्फोटमा परि एक स्थानीय बालिका सामान्य घाइते भएको  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जनाएका छन् । 

उनका अनुसार विस्फोटन पछि मतदाताहरूमा भाग दौड मच्चिए पनि करिब १ घण्टा भित्रै स्थिति सामान्य बनेको छ । घाइते बालिकाको  स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने केही समय अवरुद्ध भएको मतदान पनि पुनः सुचारु भएको छ ।