झापा । निर्वाचनको स्थिर समयमा सञ्चार तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् । 

आइतबार हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले ४८ घण्टे स्थिर समय तोकेको छ । यस अवधिमा दल तथा स्वतन्त्र उम्मेदवारहरूले चलखेल गर्न सक्ने भन्दै सञ्चारकर्मीले महŒवपूर्ण भूमिका खेल्न निर्वाचन अधिकृतका अधिकारीहरूले आग्रह गरे । निर्वाचनलाई विश्वसनीय बनाउनका लागि आचार–संहिता पालन गर्न सबै दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले आग्रह गरे । निर्वाचनलाई सफल बनाउनका लागि मौन अवधिमा आचार–संहिता सबैले पालना गर्न अपिल गरे । 

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले शान्तिसुरक्षाको अवस्था सुदृढ रहेकाले निर्धक्कसँग मतदातालाई भोट हाल्न अपिल गरे । उनले निर्वाचन सम्पन्न गर्नमा सञ्चारकर्मीको सशक्त भूमिका हुने बताए । त्यसका लागि सञ्चारकर्मीलाई उनले आग्रह गरे । यतिबेला दुरुपयोग र मतदातालाई प्रलोभनमा पार्ने कदमहरू हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे । जिल्ला निर्वाचन आचार–संहिता अनुगमन अधिकारी मधु पोखरेलले आचार–संहिताको कार्यान्वयन विगतभन्दा राम्रो भएको बताए । उनले सञ्चार प्रतिष्ठानको आचार–संहिताबारे पनि प्रष्ट्याएका थिए ।