धनकुटा । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभा  तथा प्रतिनिधिसभा निर्वाचनमा धनकुटामा शान्ति सुरक्षाको लागि २ हजार, ४ सय, ९८ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को तयारी सम्वन्धमा संचारर्मीहरुलाई जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताईएको हो । 

जिल्ला प्रशासन कार्यालय धनकुटाले वुधवार पत्रकार सम्मेलन गर्दै मंसिर–४ को निर्वाचन शान्तिपुर्ण र धाँदली रहित ढंगले सम्पन्न गर्नको लागि ४ तहको सुरक्षा घेरामा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिएको हो । जिल्लाको १ सय, ६४ मतदान केन्द्र र १ सय १९ मतदान स्थलमा शान्तिपुर्ण ढंगले निर्वाचन सम्पन्न गर्न सोही अनुसारको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । 

प्रजिअ कट्टेलले चार घेराको सुरक्षालाई व्यवस्थित् ढंगले परिचालन गर्न नेपाल प्रहरीसंगै म्यादी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुशन्धान र नेपाली सेनाको टोली सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर परिचालन हुने वताए । सेनाले हरेक मतदान स्थलको गतिविधिलाई सुरक्षा संवेदनशीलताको आधारमा वाहिरी घेरावाट निगरानी राख्नेछ । हरेक मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षा कमाण्डरहरुको संचार च्यानल नियमित सम्पर्कमा रहने पनि वताईएको छ । हरेक मतदान स्थलमा बम डिस्पोजल टोली समेत तयारी अवस्थामा राखिने प्रजिअ कट्टेलले बताए । उनले भने– ‘कुनै मतदान स्थलमा वम विस्फोटनको घट्ना भएको खण्डमा ३० देखि ४५ मिनेट भित्रमा नेपाली सेना पुग्ने गरी व्यवस्था मिलाएको छ ।’ 

निर्वाचनमा १ हजार, ३ सय ४ कर्मचारी परिचालन 

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मंसिर ४ गतेको निर्वाचन सभ्य र भव्य ढंगले सम्पन्न गर्न १ हजार, ३ सय, ४ कर्मचारी परिचालन गरिएको वताए । उनले निर्वाचनको लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी गरी १३०४ जना खटनपटन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एस्पी लक्ष्मीराज अधिकारीले निर्वाचनका तयारीका सम्वन्धमा हालसम्म भएका प्रगती र संचारकर्मीहरुसंगको अपेक्षा आदिका विषयमा कार्यपत्र प्रश्तुत् गरेका थिए । सो कार्यपत्र माथि छलफल गरी उपस्थित् संचारकर्मीहरुबाट अपेक्षा तथा सुझाव संकलन गरिएको थियो । 

मतदान तथा मतगणना स्थलमा पत्रकारहरुले तस्विर तथा भिडियो खिच्न पाउने 

छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष  एवं फोनिजका केन्द्रिय सदस्य विदुर खवासले मतदान र मतगणना स्थलमा पत्रकारहरुले तस्विर र भिडियो खिच्न पाउनु पर्ने माग राखे । 

पत्रकार रमेशचन्द्र अधिकारीले पत्रकारहरुलाई निर्वाचनमा अवधिमा आयोगले सूचना दिन सहज वातवरण सृजना गर्न माग गरे । सो बारे वोल्दै मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहाले निर्देशिकामा मतदान र मतगणना स्थलमा क्यामेरा, मोवाईल लान नपाईने व्यवस्था भए पनि पत्रकाहरुलाई खिच्न दिने बताए । तर, उनले सर्वसाधरण मतदाता, राजनितिक दलका कार्यकर्ता र नेतालाई पुर्ण रुपमा प्रतिवन्ध लगाईनेछ । 

प्रमुख जिल्ला अधिकारी यूवराज केट्टेलले नागरिक समाज भित्रको सशक्त भूमिका निर्वाह गर्ने जगत भनेकै पत्रकार भएकाले आफैले वुझेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । उनले निर्वाचनको दिन ११ किसिमको सवारी साधन वाहेक सवैखाले सवारी साधनमा पुर्ण रुपमा संचालनको लागि प्रतिबन्द लगाइने बताए । कट्टेलले सुरक्षा निकायका सवारी साधन, एम्वुलेन्स, अनुगमनमा प्रयोग गरिने सवारी साधन, संचारकर्मीले प्रयोग गर्ने सवारी साधन लगायत गरी ११ प्रकारको मात्र प्रयोग गर्न पाईने बताए । उनले निर्वाचन सुरक्षा व्यवस्थाको लागि  संवेदनशीलतालाई हेरेर पत्रकारहरुलाई गम्भिर भएर समचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । 

मतपत्र, मतपेटिका मंसिर १ गते विहानसम्ममा वितरण गरी सक्ने 

मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहाले मंसिर १ गते विहानसम्ममा जिल्लाको १ सय ६४ वटै मतदान स्थलमा आवश्याक पर्ने मतपत्र, मतपेटिका लगायतका समाग्री वितरण गरि सक्ने व्यवस्था मिलाइएको वताए । 

शाहाले सुरक्षा चुनौतिलाई ध्यानमा राखी जिल्लाको संवेदनशील मतदान स्थानहरुको लागि अपरेसन म्याप सहितको ओरिन्टेसन कक्ष समेत स्थापना गरिएको वताए । उनले हालसम्म आयोगले निर्वाचन सामाग्री ढुवानीको सुरक्षा प्रवन्ध मिलाइएको वताए । त्यसका साथै निर्वाचन सम्पन्न गर्न सवैखाले तयारी पुरा भैसकेको र जस्का लागि राजनितिक दलहरुसंग आवश्याक समन्वय समेत गरि सकिएको बताए । 

प्रमुख जिल्ला अधिकारी युवराज कट्टलको अध्यक्षतमा जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमा चारै तहका सुरक्षा प्रमुखहरु, मानव अधिकारकर्मी, स्थानिय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।