वराहक्षेत्र । स्थानिय,प्रदेश होस अथवा संघीय प्रत्येक चुनावमा नेताहरु आउँछन् ,भोट माग्छन् जित्छन् अनि फेरी गाउँ फर्केर आउँदैन्न । वर्षौ अगाडी देखि गाउँको लाइफलाइन विच खोलामा पुल नबन्दा वार्ड १ को गौरीगाउँ टोलवासिको  समस्या ‘आकाश फल आँखा तरी मर’ बनेको छ ।

अरु बेलामा हिंडडुल गर्दा सहज भएर हेर्दा साधारण लाग्ने तर वर्षायाममा ज्यान जोखिम मोलेर जानुपर्ने बाध्यता लिएर नेताहरुलाई गुहारेपनि पुल नबनाएको गाउँलेले गुनासो गरेका छन् ।

गाउँको विचमा रहेको चौडाई कम भएपनि गहिरो स्थान तिव्रताको साथ पानी बहने सानो खोल्सी वर्षाको मौससमा खतरनाक बन्ने गरेको छ । हामीले पटक पटक नेताहरु लाई भन्यौं तर बनाईदिने भनेर आशा मात्र देखाएको स्थानिय जेष्ठ नागरिक गोविन्द बहादुर भुजेलले बताए ।

‘अहिले हिंउदमा त ठिकैं छ तर वर्षा लागेपछि ओल्लो घरको गाउ“लले पल्लो घरको छिमेकीलाई भेट्नु परयो भने बजार वाट घुमेर जानु पर्छ । ’ के गर्नु दुई दुई वटा वार्ड अध्यक्ष आएर पनि, भुजेल भन्छन् ।

हामीलाई सबै भन्दा ठूलो पिर भनेको केटाकेटीहरुको हो, टोलमा रहेको निजि स्कुलमा १ र २ नंबर वार्डको पुनरवास, हाटखोला, चौरीबारी, खारखोला लगायतको स्थान वाट धेरै साना विद्यार्थी पढ्छन् ,वालवालिका स्कुल जान होस् अथवा स्थानिय चतरा बजार र सोमबारे हाट भर्न, दुवै वार्डका सयौंले छिटो सहज वाटोको रुपमा उक्त पुलको भएर जाने बाटो प्रयोग गर्ने गर्दछन्् ।

ठूलाहरु त कसै गरी जालान् तर साना वालवालिका लाई स्कुल पुर्याउन वर्षायाममा त सोच्नै पर्छ, मेरी छोरी निमा एलकेजीमा पढछिन् , तपाई आफै भन्नुहोस ,स्थानिय अभिभावक जुनु शेर्पाले प्रशन गरिन्. ।

हामीले त एक साथ दुई खोला तर्नु पर्छ ,दुर्व वार्डको सिमा छुटाउने गौरी खोला तरेपछि विचखोला तर्नु पर्छ , फेरी स्कुल जान सजिलो र छोटो भएकोले विद्यार्थी हामी सबै यही वाटो आउजाउ गर्छौ, दुवै खोलामा पुल बने जोखिम मोल्नु पर्दैन्थ्यो, तर खै कसले अनि कहिले बनाउँने कुनै टुंगो देखिदैन् । स्थानिय आइरिस बराह एकेडमीकी स्कुलकी शिक्षिका सिमा राउतले बताईन् ।

हामीले पटक पटक स्थानिय जन प्रतिनिधिहरु लाई समस्याको विषयमा कुराकानी छलफल गरेपनि पुल बनेपछि दिक्क भएर स्थानियले चन्दा उठाएर सानो अस्थायी बांसको पुल बनाईन् । केही सजिलो भएको छ , तर पछि खोला आएर पुल भत्काएपछि कसलाई गुर्हाने र, स्थानिय सुधारमान राईले बताए । 

अर्का शिवराम राई गुनासो गर्दै भन्छन् ,स्थानिय चुनावमा पार्टीका नेताहरु आएर पक्की पुल बनाईदिने भन्दै भोट मागेर जितेर गएपछि हराए, अहिले नगरपालिकाको नगर त परै जाओस वार्डको योजनामा सम्म पर्न सकेको छैन् ,गैरीटोल वासीको समस्या,सबैले झुक्याउने भन्दा केही पनि गरेन्न ।  

चुनावमा जुनसुकै नेता पार्टीले जिते पनि हामीलाई भोट दिनुस, पुल पक्का बनाईदिन्छँै भन्दै सबैले गाउ“ले लाई झुठो आश्वसन देखाएर, उनीहरुले पुल लाई मागीखाने भांडो बनाएका छन् , तर अब धेरै भयो स्थानिय एकले नाम नछाप्ने शर्तमा आक्रोशित हुँदै भने ।

 यस विषयमा प्रतिक्रिया लिनको लागि वार्ड १ का वार्ड अध्यक्ष लाई फोन सम्पर्क नभएपछि ,सचिव लक्ष्मण पौडेल संग बुझ्दा, आर्थिक वर्ष २०७९/८० को लागि वार्डको १ करोड बजेट विनियोजन गरिएको तर प्राथमिकताको आधारमा हाल लाई सो स्थानमा पुल बनाउने  कुनै रकम नछुट्टाईएको उनले बताए ।