धरान । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा जङ्गली हात्ती मृत फेला परेको छ ।

दाह्रा नभएको जङ्गली हात्ती मृत अवस्थामा भेटिएपछि अनुसन्धान गरी खाल्डो खनेर गाडिएको छ । जलथल जङ्गलदेखि करिब दुई किलोमिटर दक्षिण गङ्गा दाहालको धानखेतमा वयष्क भाले हात्ती बुधबार बिहान मृत भेटिएको हो ।

हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले बताए । उनले शरीरमा चोटपटक नदेखिए पनि दाह्रा नरहेको जानकारी दिए ।

हात्तीको पेट सुन्निएको अवस्थामा पाइएकाले डिभिजन वन कार्यालयको टोली आएर पोष्टमार्टम गरेको थियो । पोष्टमार्टमपश्चात् खाल्डो खनेर पुरिएको जनाइएको छ ।