धरान । धरानका विभिन्न चोकमा गीत गाएर सहयोग जुटाउँदै आएका धराने माइलाले दशैं र तिहारको अवसरमा असहाय परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

उनले प्रतिपरिवार १५ केजी चामल, आधा लिटर तेल र एक केजी दालका दरले ७१ परिवारलाई सहयोग गरेको ब्लाष्टलाई बताए । उनका अनुसार धरान, तरहरा, इटहरी, देउरालीलगायतका स्थानमा पुगेर अपाङ्गता भएका परिवार र असहाय परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

कोरोना महामारीका कारण देशव्यापी लकडाउन भएपछि असहाय परिवारलाई सहयोग जुटाउन ‘निभेको चुलो बाल्ने अभियान’ सञ्चालन गर्दै आएका उनले यसअघि पनि खाद्यान्न वितरण गर्दै आएका छन् । उनी धरानका चोक–चोकमा पुगेर गीत गाउँदै आर्थिक सङ्कलन गर्छन् र त्यसबाट असहायलाई खाद्यान्न वितरण गर्छन् ।