छठपर्व सुरुआतभएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने मरिक समुदायका मानिस छठमा प्रयोग हुने सामग्री बनाउन र बिक्री गर्नका लागि व्यस्त भएका छन् ।

 इनरुवा सहित हरिनगर, देवानगञ्ज, कोसी, बराहक्षेत्र, इटहरी, धरान, बर्जु, गढी, रामधुनी, दुहबीसहित जिल्लाका विभिन्न स्थानमा रहेका ती समुदायले पर्वका समयमा आवश्यक पर्ने बासको सामग्री बनाउन र बिक्रि गर्नका लागि व्यस्त बनेका हुन् । ती समुदायका मानिसरु छठमा प्रयोग हुने कोनिया, ठाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन र बिक्री गर्न थालेका हुन् । 

 बाँसको सामग्रीको माग अत्यधिक हुने गरेकाले आफू बाँसको सामग्री बनाउन र बिक्री गर्नका लागि लागेको ती समुदायका मानिसले बताएका छन् । 

गाउँगाउँबाट अहिले नै एक सय ५० देखि दुई सय ५० सम्म बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको मरिक समुदायहरुले बताएका छन् । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका मानिस यो बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन र बिक्री गर्नका लागि व्यस्त भएको स्थानीय बिन्देश्वर मरिकले बताए । 

उनका अनुसार छठ पर्व गर्नेहरु प्रत्येक वर्ष बढेकाले आफूहरुलाई बाँसको सामग्री सबैलाई पुर्याउन नै गाह्रो हुने भएकाले सामग्री बनाउन र बिक्री गर्नका लागि मरिक समुदायका मानिस लागिपरेका हुन् । छठमा बाँसको सामग्री पु¥याउनलाई आफूहरु महिना दिनअघि बाट नै काममा व्यस्त बनेको छ । 

सो समुदायका मानिसहरुको रोजगार र पेसा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भइलागेको र त्यसबाट आएको आम्दानीबाट छोराछोरीलाई शिक्षादीक्षा दिने गरेको छ ।

जिल्लाको विभिन्न ठाउँबाट एक सय ५० देखि दुई सय ५० सम्ममा बाँस खरिद गरी सामग्री बनाई स्थानीयको छठलाई सहज पार्ने प्रयासमा आफूहरु रहेको वीरेन्द्र मरिकले जानकारी दिनुभयो । चाडपर्वमा बासको सामग्रीको माग अत्यधिक हुने भएकाले बालबालिकादेखि वृद्धसम्म सबै व्यस्त हुने गरेका छन् ।