विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा जबर्जस्ती करणी मुद्दामा कैदी जीवन बिताइरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।
केराबारी गाउँपालिका–१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको हो ।
कारागारका निमित्त जेलर तुलसीराम भगतले डिकबहादुरलाई मुटु तथा पेटसम्बन्धी समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा भर्ना गराएर उपचार गरिएको थियो । जिल्ला अदालत मोरङले जबरजस्ती करणी मुद्दामा विकलाई २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।
मोरङ कारागारमा हाल १ हजार ७४ जना कैदी बन्दी रहेका छन् ।