धरान । एभरेष्ट बैङ्कले २८ औँ वार्षिकोत्सवको अवसरमा धरान उपमहानगरपालिकालाई बुधबार एक सय थान डस्टबिन हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले आफ्नो वार्षिकोत्सवको अवसरमा डस्टबिन प्रदान गरेको शाखा व्यवस्थापक लक्ष्मण आचार्यले बताए ।
कार्यक्रममा बैङ्कको प्रदेश १ कार्यालयका प्रदेश प्रमुख जनक चापागाईंले नगर प्रमुख हर्कराज राईलाई सामग्री हस्तान्तरण गरेका थिए । बैङ्कको मङ्गलबार नै वार्षिकोत्सव भए पनि सार्वजनिक बिदा परेकाले बुधबार कार्यक्रम गरिएको जनाएको छ ।
बैङ्कको देशभरि १ सय २० वटा शाखा, ३ वटा एक्सटेन्सन काउन्टर, ३१ वटा राजस्व काउन्टर र १ सय ५१ वटा एटिएम रहेका छन् । हाल १२ लाख ग्राहक रहेको बैङ्कको भनाइ छ ।