विराटनगर । विराट व्यापार संघले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरी १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई वितरण गरेको हो ।
विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीसहितका कार्यसमति सदस्यीहरूले मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालालई डिजिटल सेट फोन हस्तान्तरण गरेका थिए ।
प्रहरीको आन्तरिक सुचना प्रणालि व्यवस्थापनको लागि डिजिटल सेट फोन हस्तान्तरण गरेको विराट व्यापार संघको अध्यक्ष खत्रीले बताए । ६२ हजार १ सय मुल्य बरावरको उक्त फोन हस्तारन्तरण गरेको उनले बताए ।
कार्यक्रममा एसपी कोइरालाले प्रहरीको काम कारबाहीमा डिजिटल सेट फोनले सहजता प्रदान गर्ने बताए । ‘प्रहरीको आन्तरिक सुचना प्रणालि व्यवस्थापनको लागिको डिजिटल सेट फोनले ठूलो सहयोग मिल्नेछ,’ एसपी कोइरालाले भने, ‘सबै फाटमा इन्टरकम सेटबाट खबर गरिनेछ ।’
एसपी कोइरालाले सीमत श्रोत साधनको प्रयोग गरेर शान्ति सुरक्षामा प्रहरी लागी परेको उनले बताए ।