विराटनगर । समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिने भएको छ । असोज २८ गते समाजसेवी गोयललाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको हो ।
समाजसेवी दीनबन्धु गोयल नागरिक अभिनन्दन समारोह समितिले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी अभिनन्दन गरिने जानकारी गराएको छ । एक दर्जन उद्योग स्थापना गरेर त्यसको सफल सञ्चालन गरेका गोयल अहिले झण्डै दुईसय सामाजिक संघसंस्थामा आवद्ध छन् ।
एक दशकदेखि औद्योगिक जीवनबाट बिश्राम लिएर सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएका गोयलको सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामवरण यादव प्रमुख अथितिको रुपमा उपस्थित हुने अध्यक्ष सुरेशकुमार शर्माले जानकारी दिए ।
गोयललाई नेपाल तथा विदेशस्थित विभिन्न संस्थाले समेत त्यस अवसरमा सम्मान गर्ने भएका छन् । नागरिक अभिनन्दनका लागि शर्माको अध्यक्षतामा १७ सदस्यीय कार्य व्यवस्थापन समिति, १३ सदस्यीय सल्लाहकार समिति र ४ सय ७५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
गोयलले सहयोग पु¥याएका संघसंस्थाहरू अनगिन्ती छन् । व्यापार व्यवसायलाई पूरै छाडेर बिगत दुई दशकदेखि निरन्तार रुपमा समाजिक सेवाको मात्र कार्य गर्दै आएका छन् । ‘कुनै सामाजिक, धार्मिक, शैक्षिक आदी कार्यका लागि सहयोगको अपेक्षा लिएर उहाँको ढकोसम्म पुग्ने कसैलाई पनि उहाँ खाली हात फर्काउनु हुन्न ।
दिन, रात उहाँको ध्यान समाजसेवामै छ । यस्ता दानवीर व्यक्तित्वको अभिनन्दन गर्नु समाजको कर्तब्य हो,’ अध्यक्ष शर्माले भने, ‘यही ठानेर विराटनगरको समाजले उहाँको नागरिक अभिनन्दन गर्ने निर्णाय गरेको हो ।’