पाँचथर  ।  पाँचथरको कुम्मायक गाउँपालिका—४ का क्यान्सर पीडित जगत सम्बाहाम्फेलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक समस्याका कारण घरमै बस्दै आएका क्यान्सर पीडित जगत लिम्बू सम्बाहाम्फेलाई युके र काठमाडौंबाट रकम संकलन गरी सहयोग गरिएको हो ।

उनको उपचारको लागि सम्बाहाम्फे दाजुभाई तथा अन्य दाताहरुले संकलन गरेको १ लाख ६ हजार २ सय ६४ रुपैयाँ आर्थिक सहयोग गरिएको थियो । त्यस्तै सम्बाहाम्फे उत्थान संघ केन्द्रिय समिति काठमाडौले संकलन गरेको ९१ हजार ३ सय ५० रुपैयाँ गरी १ लाख ९७ हजार ६ सय १४ रुपैयाँ सहयोग गरिएको सहयोगीदाता मिराक सम्बाहाम्फेले बताए ।

रकम संकलनको लागि युकेमा समाजसेवी पर्शुराम सम्बाहाम्फे खटिएका थिए । त्यस्तै काठमाडौबाट मिनराज सम्बाहाम्फेले आवश्यक समन्वय गरेको पीडित परिवारले जनाएका छन । यस अघि पनि सम्बाहाम्फे उत्थान संघ क्षेत्रीय कार्य समिती रानीगाउँ, रानीगाउँ युबा क्लब र फुङ्सेमी सबानाम युबा क्लब तेह्रथुमले ३० हजार भन्दा बढी रकम सहयोग गरेका थिए ।