पाँचथर ।  समाजसेवी देव बास्कोटाले तेह्रथुम जिल्लाको छथर गाउँपालिका—२ का २६ घरधुरीलाई खानेपानी सुद्धिकरण गर्ने फिल्टर बितरण गरेका छन । जिल्लाको फेदाप गाउँपालिकाको ओयाक्जुङ घर भई हाल इजराइलमा बस्दै आएका बास्कोटाले जन्म दिनको अवसरमा फिल्टर प्रदान गरेका हुन । आफ्नो ३६ औं जन्म दिनको अवसरमा हमरजुङको चाङसिङ जोरधारा टोल विकास समितीका २६ घरधुरीलाई खानेपानी फिल्टर प्रदान गरेका हुन ।

छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच बास्कोटाले ४० हजार बराबरको फिल्टर प्रदान गरेका गरेका छन । जन्मभूमि तेह्रथुम भई कर्मभूमिमा पसिना बगाएर सामाजिक क्षेत्रमा योग्दान दिएको भन्दै अध्यक्ष तिगेलाले खुलेरै प्रसंशा गरे । उनले आगामी दिनमा पनि निरन्तर समाज रुपान्तरणको लागि यसरी नै अघि बढ्न सुझाव दिए । 

समाजसेवी बास्कोटाले दुषित पानीको सेवनले बिभिन्न प्रकारका रोगहरु लाग्ने भएकाले त्यस्ता संक्रमणबाट बच्न पानी शुद्धिकरण गर्ने फिल्टर प्रदान गरेको बताए । टोल विकास समितीद्धारा आयोजित फिल्टर प्रदान कार्यक्रममा छथर गाउँपालिका—२ का वडाध्यक्ष कुलबहादुर लिम्बू, ६ नम्बर वडाअध्यक्ष महेन्द्र मादेन, बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।