संविधान दिवसको अवसरमा लायन्स क्लव अफ पञ्चकन्याले विद्यार्थी वालवालिकाहरुलाई पच्चिस सय थान स्टेसनरी समानहरु वितरण गरेका छन ।

क्लवले आफ्नो वान रुपिस फर एजुकेसन अभियान अन्तर्गत नेपाल वसोवास वस्ति संरक्षण समाज मातहतको सुकुम्वासी वस्तिमा वसोवास गर्ने सरकारी विद्यालयमा अध्यनरत विद्यार्थी वालवालिकाहरुलाई स्टेसनरी समान वितरण गरेका हुन ।

पञ्चकन्या क्लवले धरान १६ र ११ का तिन सय २९ वालवालिकाहरुलाई कापि, कलम, पेन्सिल र इरेजर प्रदान गरेका छन । क्लवले सम्वन्धित क्षेत्रमा नै गएर सोमवार सहयोग सामाग्रि वितरण गरका थिए ।  सहयोग सामाग्रि हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ्गले उपलव्ध गराएका हुन ।

सहयोग सामग्रि कार्यक्रम आयोजक लायन्स पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठ, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ, डिष्ट्रिक फस्ट लेडि रेखा गुरुङ्ग, युवा व्यावसायी लायन्स कविता लिम्वु, लायन्स टंक गुरुङ्ग, लायन्स कृति श्रेष्ठले वितरण गरेका थिए ।