भद्रपुर । नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रको चरम लापरबाहीका कारण स्थानीय सहित उपभोक्ता त्रसिद भएका छन् । वितरण केन्द्रको क्षेत्र भित्र रहेको भद्रपुर ७ स्थित कालीमन्दीर– चैतुबारी जोड्ने  मुख्य सडक, कालीमन्दीर पश्चिम हुदै देउनिया खोला तर्फ जाने कची सडक लगायत विभिन्न क्षेत्रमा विजुलीका तारले वाँस तथा रुख विरुवालाई छोएर विद्युत सञ्चालन भइरहेपनि केन्द्रले चासो नदेखाएका कारण सोे क्षेत्रका उपभोक्ता लगायत आवत– जावत गर्ने मानिस त्रसिद भएका हुन् ।

 भद्रपुर नगरपालिकाले सडक स्रोन्नति गर्ने क्रममा विद्युत पोल सारिएपछि जग्गा धनीले लगाइएका रुख विरुवामा तारले छोएको छ । रुख विरुवाका कारण हालसम्म मानिसमा क्षति नुपुर्याएपनि उपभोक्ताका घरमा रहेका  विद्युतीय सामग्र्री दैनिक रुपमा क्षति भइरहेकका  छन् ।

रुख विरुवाका कारण तार सर्ट भएर नेगेटिभ कट हुन पुगी घर भित्र ४४० भोल्टेज करेन्ट छिरेपछि घर भित्र रहेका सवै विद्युतीय उपकरण पड्किने उपभोक्ता जीवनमणि लम्सालले बताए । २२० भोल्टेजको पावरमा दोब्बर करेन्ट प्रवाह भएपछि दैनिक क्षति हुने गरेको उनको भनाइ छ । पटक– पटक विद्युत  जाने, रुखका हाँगाले सवारी साधन तथा मानिसमा समेत लाग्ने जोखिम बढेको उनले जनाए । विद्युत कर्मचारीलाइ पटक– पटक जानकारी गराएपनि वास्ता नगरेको उनको आरोप छ । 

तारले वाँस छुएका कारण घरमा क्षति हुुदै आएको स्थानीय रुद्र खतिवडाले बताए । केही दिन यता पानीससागै आएको हावा तथा चट्याङका कारण घरमा रहेका सवै विद्युतीय उपकरणमा क्षति पुगेको उनले गुनासोे गरे । 

सडक पेटीमा रहेका रुख विरुवाका कारण ठुलो क्षति हुन नदिन कालीमन्दीर टोल विकास संस्थाले केही दिन अघि वडा नम्बर ७ को कार्यालयलाइ लिखित पत्र  समेत दिइएको समितिका कार्यवाहक अध्यक्ष झमक बहादुरर बस्नेतले बताए । विद्युत सर्ट भएका कारण हालसम्म मानविय क्षति नभएपनि भौतिक भने धेरैै हुदै आएको उनले जनाए ।

विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका सुचना अधिकारी नरेन्द्र शाहले कटान शुरु गरिएको जनाए । रुख विरुवाले समस्या देखाएमा जुनसुकै समयमा कटान गर्न मिल्ने उनले बताए । रुख विरुवाका कारण घरका विद्युुतीय उपकरणमा असर नपर्ने विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका  प्रमुख धिरेन्द्र कुमार यादवले बताए । घर घरी लाइन काटन नमिल्ने भएकोले अब तालिका बनाएर सफा गरिने उनले जनाए । एउटै विषयमा दुवै जिम्मेवार कर्मचारीको भनाइ भने वाझिएको छ ।