मोरङ । मोरङ बुढिगंगा गाउँपालिका १ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रिमा एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम छथर शुक्रबारे ५ घर भएका २५ बर्षीय आकाश लिम्बु रहेका छन् । हिजो बेलुका सँवा ४ बजे फ्याक्ट्रि नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि गम्भिर घाईते भएका लिम्बुको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा बेलुकै साढे ४ बजे मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।