वराहक्षेत्र । साबिक वराहक्षेत्रको किरात राई यायोक्खा प्रारम्भिक कार्य समितिले साधारण सभा सम्पन्न गर्दै आर्थिक वर्ष २०७८/७९ को आय व्यय सार्वजानिक गरेको छ । शुत्रवार भएको २१ औं साधारण सभामा आर्थिक प्रतिवेदन विवरण प्रस्तुत गर्दै सदस्य जिवन राईले १४ वटा शिर्षकमा भएको २ लाख ९८ हजार ७ सय ४९ रुपैंयाको आम्दानी तथा खर्च भएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि किरायाको नगर समिति अध्यक्ष लाल वहादुर राईले ले किराया १ र २ वार्डका पूर्व उपाध्यक्ष पूर्य कुमारी राई, सल्लाहकार र पुजारी रेख वहादुर राई यसैगरी नेपाल भूपू सैनिक संघ वराहक्षेत्रको निर्वतमान अध्यक्ष सन्त कुमार राईलाई सम्मानित गरेका अध्यक्ष लाल कुमार राईले बताए ।
कर्यक्रममा बोल्दै प्रमुख अतिथि राईले प्रदेश १ नाम किरात प्रदेश गरिनु पर्ने भन्दै यसको लागि गोलबद्ध हुनुपर्ने बताए । विशिष्ठ अतिथिहरु वार्ड २ अध्यक्ष होम प्रसाद गौतम,नेवा देयः दवुः वराहक्षेत्रको अध्यक्ष देव वहादुर प्रधान, बयरबन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कर्ण वहादुर खड्का र प्रहरीको उपस्थिती रहेको थियो । लाल कुमार राईको अध्यक्षतामा चतराको साकेला थानमा भएको कार्यक्रमको संचालन सचिव सरवन राईले गरेका थिए ।