भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको २३ औं साधारण सभा सम्पन्न गरिएको छ ।
समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा परिषद भेला मार्फत सभा सम्पन्न गरिएको हो ।
सभामा अध्यक्ष भट्टराईले वार्षिक कार्ययोजना सहित साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै वन क्षेत्रलाई हरित पर्यापर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत् गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष अनुज खतिवडाले एक करोड ६३ लाख ८३ हजार ३ सय ३९ रुपेयाँ आम्दानी सहितको वार्षिक आर्थिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सचिव पार्वती मल्लले सञ्चालन गरेको कार्यक्रममा वन डिभिजन झापाका अधिकृत कविन्द्रविक्रम नेम्वाङ, नेकपा माओवादी केन्द्र भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष पदम लिम्बू, श्रीराम समावेशी धाम व्यवस्थापन समितिका अध्यक्ष शिवराम लुँइटेल, श्रीकृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल कृष्ण मैनाली, चन्द्रगढी दोश्रो खानेपानी उपभोक्ता समितिका अध्यक्ष चुडामणि मैनाली समितिका पुर्वअध्यक्ष हिरा पोखरेल लगायतले शुभकामना मन्तव्य राख्दै वन संरक्षामा सवै उपभोक्ता एक हुनु पर्ने धारणा राखेका थिए ।