भद्रपुर । मानवीय सेवामा सक्रिय संस्था रोटरी क्लब अफ भद्रपुरले भद्रपुर–१० को कलवलगुढी प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा एक थान ल्यापटप कम्प्युटरसहित शैक्षिक सामग्री वितरण गरेको हो । क्लबको वार्षिक कार्यक्रमअन्तर्गत क्लबले ग्रहण गरेको स्कुललाई खेलकुद सामग्री, स्टेशनरी, सांस्कृतिक पोसाकसमेत हस्तान्तरण गरेको छ ।