धनकुटा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले अघिल्लो आर्थिक वर्षमा संचालन भएका कार्यक्रमहरुको प्रगति समिक्षा तथा चालु आ.व.०७९÷०८० मा संचालन हुने वजेट, नीति तथा कार्यक्रमहरु वुधवार धनकुटामा सार्वजानिक गरेको छ ।  

धनकुटा र तेह्रथुम जिल्ला कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले चालु आ.व.मा ८ करोड, ४९ लाख, ६१ हजार बराबरको ३५ वटा वजेट, नीति तथा कार्यक्रमहरु संचालन गर्ने गरि वजेट, नीति तथा कार्यक्रमहरु सार्वजानिक गरेको हो । जिल्ला समन्वय समिति धनकुटाको समन्वयमा जिल्लाको ७ स्थानिय तहका प्रमुख,उपप्रमुख तथा सरोकारवाला र स्थानिय संचारकर्मीहरुको उपस्थितीमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गगानाले वजेट, नीति तथा कार्यक्रम सार्वजानिक गरेका हुन् । 

कार्यक्रममा केन्द्र प्रमुख ढुङ्गानाले पिपिआर रोग नियन्त्रण, खोरेत रोग नियन्त्रण, द्धन्द पिडित पशुपन्छी पालन कार्यक्रम, यूवा लक्षित पशुविकास कार्यक्रम, दुध उत्पादनका आधारमा अनुदान कार्यक्रम, पशुविमा सम्वन्धी कार्यक्रम लगायतका गरि ३५ वटा शिर्षकमा कार्यक्रम गरिने जानकारी दिए । केन्द्रले आ.व.०७८÷०७९ मा संचालन गरेको वजेट तथा कार्यक्रमहरुको प्रगति विवरणहरु समेत सो अवसरमा सार्वजनिक गरिएको थियो ।

कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ प्रदेश सभाका न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले देशमा अझै पनि ठूलो मात्रामा दैनिक उपभोग्य बस्तुहरु आयत हुने गरेको बताउँदै त्यसको विस्थापनका लागि उत्पादनमा जोड दिनु पर्ने बताए । पराजुलीले काम गर्नेलाई अनुुदान र सहयोग गर्नु पर्ने र कागजीरुपमा मात्र काम गर्ने प्रवृतिका व्यक्ति वा संघ–संस्थाहरुलाई निरुत्साहित गर्नु पर्नेमा जोड दिए ।

 त्यस्तै गरि कार्यक्रमका सभापति तथा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले उत्पादनको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई बढाउदै लैजानु पर्नेमा जोड दिए । नयाँ÷नयाँ सिप र प्रविधिको प्रयोग गरेर दैनिक उपाभोग्य वस्तुहरुको उत्पादन गर्न सके आर्थिक रुपमा जो कसैलाई पनि बलियो हुन मद्धत पुग्ने समन्वय प्रमुख तामाङको भनाई थियो । 

कार्यक्रममा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्रप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्गले कृषि पेशा लाइ अव निर्वाहमुखी पेशाबाट व्यावसायीक बनाउन आवश्यक रहेको औल्याएका थिए । उनीहरुले कार्यक्रमलाई व्यवस्थित र व्यवसायिक बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा प्रदेश सभा संसद निरन राई, लिला सुब्बा, बिना देबि राई, कुशुम श्रेष्ठ, हिमादेवि बस्नेत, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ्ग, महालक्ष्मी नगरपलिकाकी उपमेयर मन्जु अधिकारी, छथरजोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गिता गरुङ्ग खेवा सहित विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु, सहकारी संघ,संस्थाका प्रमुख तथा प्रतिनिधि कृषकसंग सम्बन्धित् संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटा तथा सम्पर्क कार्यालय तेह्रथुमको आयोजनामा विहिवार तह्रथुमको म्याङ्गलुङ वजारमा आ.ब.०७९÷०८० को वार्षिक वजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

केन्द्रका  प्रमुख लोकनाथ ढुङ्गानाले सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा अघिल्लो वर्षको प्रगति प्रतिवेदन सार्वजानिक गर्दै चालु आ.व.को वजेट नीति तथा कार्यक्रम सार्वजानिक गरेका हुन् । सो अवसरमा धनकुटा केन्द्रले तेह्रथुमको म्याङ्गलुङमा रहेको सेवा कन्द्रका ५ जना  प्राबिधिक जेटी र जेटिएलाई सामाग्री तथा उपकरणहरु समेत वितरण गरिएको पशु विकास अधिकृत नविन वैद्य तामाङले ब्लाष्टलाई जानकारी दिए ।