जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी धरानबाट पक्राउ परेका छन् ।
२०७२ साल पुस २६ गते  पुनरावेदन अदालत विराटनगरको  १० वर्ष कैद सजाय फैसला गरेको करणी मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिकाको १५ का २८ वर्षीय सुमन परियारलाई प्रहरीले धरानबाटै पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 
कार्यालयका अनुसार  फरार प्रतिवादीहरूको खोजतलासमा निरन्तर खटिँदै आएको कार्यालयको  आरटीआइ समुहको प्रहरी टोलीले आज दिउँसो परियारलाई धरानबाट पक्राउ गरेको हो । 
पक्राउ परेका परियारलाई  जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाइएको कार्यालयले जनाएको छ ।
                    
        
                                        
                                                                                                
        































