गत शुक्रबार झापाको दमक नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक स्थानीय ६८ वर्षीय रामजुलुम नायकको मृत्यु भएको छ । 

 पश्चिमबाट पूर्व तर्फ जाँदैको ना ८ ख ३३३३ नम्बरको ट्रकले  दक्षिणबाट उत्तर तर्फ जाँदै गरेका प्रदेश नम्बर १ –०४–००१ प २४५५ नम्बरको स्कुटर चालक नायकलाई ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारकालागी दमक स्थित निम्स अस्पताल पुर्‍याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचाकालागि विराटनगर स्थित विराट नर्सिङ होम पुर्‍याइएको थियो । 

नायकको उपचारको क्रममा आहान बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई टक्कर दिने ट्रक र चालक दुवै इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।