पृथ्वी राजमार्गकाे मुग्लिन –कुरिनटार खण्डको मुग्लिनबाट धादिङतर्फ गइरहेको ट्रक त्रिशुली नदिमा खसेको छ।

इच्छाकामना गाउँपालिका ५ मा पर्ने दुर्घटना स्थलमा इँटा खसेकाले इँटा ढुवानी गर्ने ट्रक हुनुक्ने अनुमान गरिएकाे भएपनि ट्रककाे नम्बर समेत पत्ता लाग्न सकेकाे छैन । ट्रकका चालक तथा सहचाल कसैको सम्पर्क नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए।