बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्रका फुटपाथ व्यवसायीहरुलाई हटाउन थालेको छ । पुर्व जानकारी दिएर नगरपालिकाले फुटपाथ ब्यवसायीलाई हटान थालेको हो ।

नगर प्रहरीको टोलीले बिर्तामोडको फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरुलाई बल प्रयोग गरी हटाउन थालेका छन् । त्यसक्रममा नगर प्रहरीले व्यवसायीहरुलाई लछारपछार गरेको थियो । व्यवसायीहरुले नगर प्रहरीलाई दुव्र्यवहार गरेका कारण उनीहरुलाई पक्राउ गर्ने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । नगर प्रहरीले व्यवसायीहरुलाई पक्राउ गर्न नसकेपनि केही ब्यवसायीको सामान उठाएर लगेको छ ।

बिर्तामोड नगरपालिकाले साउन २२ गते फुटपाथ खाली गर्ने सम्बन्धी ७ दिने सूचना जारी गरेको थियो । तर, पाँच दिनपछि नै नगरपालिकाले बल प्रयोग गरी फुटपाथ व्यवसायीहरुलाई हटाउन थालेको हो । फुटपाथ ब्यवसायीलाई हटाउनु अघि उनीहरुको ब्यवस्थापन हुनुपर्ने आवाज पनि उठिरहेको छ ।