भोजपुर । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाले काठमाडौैंमा अस्थायी बसोबास गर्दै आएका गाउपालिका बासीका लागि काठमाडौंमा शिविर सञ्चालन गरेको छ । गाउँपालिका र वडाबाट दिईने जन्म दर्ता, मृत्यु दर्ता, सिफारिस लगायतका सेवा दिन शिविर सञ्चालन गरिएको हो ।

काठमाडौंमा अस्थायी बसोबास गर्ने बासिन्दालाई भोजपुर सम्म जानु पर्ने समय र खर्च बचत गर्नका लागि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङ राईले बताए । शिविर जनताको माग अनुसार प्रत्येक वर्ष वर्षको २ पटक सम्म सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए ।

अध्यक्ष कुलुङका अनुसार बुधवार र विहिबार आयोजना भएको शिविरबाट एक सय ५० जनाले गाउँपालिबाट गर्नु पर्ने सिफारिस लिएका छन् । सिफारिस लिनेहरुमा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, नाता प्रमाणित, विवाह प्रमाणित, सामाजिक सुरक्षा नवीकरण , नयाँ सेवा, बसाइसराइ लगायत रहेको अध्यक्ष कुलुङले भनाइ छ ।

जोरपाटीमा राखिएको शिविरबाट काठमाडौंमा अस्थायी बसोबास गर्दै आएका साल्पा सिलिछो गाउपालिकाका जनता लाभान्वित भएका छन् । शिविरको लागि गाउँपालिकाका सबै वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र कर्मचारीहरु भोजपुरबाट काठमाडौं गएको गाउपालिकाले जनाएको छ ।