भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा देखिएका समस्या समाधान गर्न ९ बुदे सहमती भएको छ  । क्याम्पस प्रशासन र सयुक्त बिद्यार्थी संगठन बिच दुुई दिन भएको बार्तामा समस्या समाधानका लागि ९ बुदे सहमती भएको हो ।

क्याम्पस प्रशासन र संयुक्त बिद्यार्थी संगठन बिच भएको सहमती विहिवार सयुक्त पत्रकार सम्मेलन गरि सार्वजानिक गरिएको छ । सत्ता गठबन्धन दलका चार वटा बिद्यार्थी सगठनले राखेका माग श्रावण ३१ गते भित्र पुरा गर्ने सहमती भएको स्ववियु सभापती प्रकाश सिंह राईले बताए । अनेरास्ववियु , नेपाल बिद्यार्थी संघ , अनेरास्ववियु क्रान्तिकारी र समाजवादी बिद्यार्थी युनियनका जिल्ला कमिटी र क्याम्पस कमिटीको आन्दोलन पछि बार्ता मार्फत सहमती गरिएको सभापती राईले जानकारी दिए ।

क्याम्पस प्रशासन र आन्दोलनरत बिद्यार्थी सगठन बिच क्याम्पसमा भौतिक संरचनाहरुको निर्माण गर्दा सरोकारवालाहरुसग छलफल गरि निर्णय लिने , एक्जिम बैक ईण्डिया र प्रदेश सरकारको लगानीबाट बन्ने नया भवन निर्माणको स्थान छनौटका लागि समिती गठन गर्ने सहमती भएको छ ।

यस्तै बिद्यार्थीहरुलाई पुस्तकालयको सुविधा सहज रुपमा उपलब्ध गराउन बिहान ८ः०० देखि १०ः००  र  दिउसो १२ः००  देखि ३ः००  बजे सम्म पुस्तकालय खोल्नु पर्ने , पाठयपुस्तक र खेलकुद सामाग्री तत्काल खरिद गरि क्याम्पस ब्रुसर साउन महिना भित्र उपलब्ध गराउनु पर्ने सहमती गरिएको नेविसंघका जिल्ला अध्यक्ष टार्जन राईले बताए ।

सभापती राईका अनुसार सहमती पत्रमा साउन महिना भित्र ईन्टरनेट सेवा सुुचारु गर्नुु पर्ने, मानविकी संकाय बिए तर्फ ग्रामिण बिकाश आरडी बिषय चालु शैक्षिक सत्रमा मात्र स्थगन गरि आगामी शैक्षिक सत्रदेखि नियमित सुचारु गर्ने , क्याम्पसमा सेनेटरी प्याडको व्यावस्था गरि साउन महिना भित्र भेन्डिङ मेसिन जडान गर्ने , पुरानो भवन भत्काएर सामान लिलाम गरिएको र चमेना गृह निर्माणको बिषयमा सार्वजानिक सुनुवाई गर्ने उल्लेख गरिएको छ ।

यसअघि गत श्रावण १२ गते समस्या समाधानका लागि विभिन्न १० बुुदे माग सहित १५ दिनको अल्टिमेटम दिदै चार बिद्यार्थी सगठनले ज्ञापन पत्र बुझाईएका थिए । सयुक्त पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख भोलानाथ राईले अनियमितता नभएको भन्दै प्रतिवेदन समेत प्रस्तुत गरेको क्याम्पसले जनाएको छ ।