प्रजातान्त्रिक विचार समाजको झापा जिल्ला अध्यक्षमा चिन्तामणि दाहाल चयन हुनुभएको छ । समाजको बुधबार सम्पन्न तेस्रो अधिवेशनले उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा भरत प्रसाईँ, सहसचिवमा धनकुमारी खरेल र कोषाध्यक्षमा मन्जु सिटौला पोखरेल लाई सर्वसम्मतरूपमा चयन गरेको हो ।

यसैगरी सदस्यमा केशव काफ्ले, बडाराम हेमरम, सन्तोष प्रसाईँ, यज्ञलक्ष्मी चौलागाईँ, राजेन्द्र दाहाल, देवीप्रसाद आचार्य, प्रकाश भण्डारी, गणेश गिरी, ज्ञानेन्द्र निरौला र शम्भु थापामगर पनि सर्वसम्मत चुनिनु भएको छ । समाजको आगामी भदौ २३ र २४ गते विराटनगरमा केन्द्रीय अधिवेशन हुने जनाइएको छ ।