जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्लासभा आजदेखि यहाँ सुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्बजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरे ।

प्रमुख राईले सभाको शुभारम्भ गर्दै पालिकाका नवनिर्वाचित पदाधिकारीले सङ्घीयताको अनुभूति हुने गरी जनताको काम गर्नुपर्नेमा जोड दिए । समन्वय समितिका उपप्रमुख झा, पूर्व उपप्रमुख प्रकाशकुमार साह, नेपाल नगरपालिका महासङ्घका प्रदेश संयोजक दिलप्रसाद राई, पूर्व सदस्य बबिताकुमारी चौधरी र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले जिससको अधिकार सुनश्चित् भएमा काम गर्न सहज हुने धारणा राखे ।

सभामा मोरङका १७ पालिकाका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ ।