श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन २३ गते सोमबार, ८ अगष्ट २०२२, नलनाम संवत्सर । श्रावण शुक्लपक्षको एकादशी तिथि २१ः१२ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र ज्येष्ठा १४ः४७ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृृश्चिक, सूर्याेदय ०५ः३० बजे र सूर्यास्त ०६ः४७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आवश्यक पर्दा सहयोगीले राम्रो साथ दिनेछन् । कृषिकर्म र व्यावसायिक कामबाट मनग्य लाभ हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी पनि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विगतका कर्मको उचित प्रतिफल पाइनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। आश्वासन दिने बानीले पनि दुःख पाइनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तत्काल योजना सार्वजनिक नगर्नु होला । काम बिग्रने डरले सताउनेछ । दिन सामान्य छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ । परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिवश केही समस्यामा अल्झनु पर्ने देखिन्छ । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ । जीवनशैली व्यस्त रहे पनि कम महत्वका काममा समय बित्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कमजोर नतिजा सच्याउन दोहो¥याएर प्रयत्न गर्नुपर्ला । दौडधुपले कमजोरी अनुभूति हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
महत्वाकाङ्क्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ । जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विवादमा अघि नसर्नुहोला। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ । दिन सामान्य बित्नेछ।