भोजपुर । भोजपुरमा मोटरसाईकल चोरीमा सलग्न ६ जनलाई पक्राउ गरि सार्वजानिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले उनिहरुलाई विभिन्न ठाउबाट पक्राउ गरि आईतबार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो ।

पक्राउ गरिएकाहरुको साथबाट ४ थान चोरीका मोटसाईकल समेत बरामद गरिएको छ । उनिहरुले ३ थान २५० सिसीको बजाज कम्पनीको पल्सर र एक थान १६० सिसिको अपाची मोटरसाईकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक डिएसपी राजकुमार राईले बताए ।

चोरीका मोटरसाईकल २५ हजार देखि ७० हजार सम्ममा बेच्ने गरिएको डिएसपी राईले जानकारी दिए । पक्राउ पर्नेमा सखुवासभा चैनपुर नगरपालिकाका २६ बर्षिय चिनी भन्ने निराजन गौतम , सखुवासभाकै पाचखपन नगरपालिकाका ३ का २५ बर्षिय टिकाराम तिवारी , सोही नगरपालिका २ का २८ बर्षिय रबिकिरण राई रहेका छन् । य

स्तै खादवारी नगरपालिका ७ का २५ बर्षिय मौषम आले मगर , सभापोखरी गाउपालिका ३ का उपेन्द्र तामाङ र खादबारी नगरपालिका १ का ४० बर्षिय रोहितमान राई पक्राउ परेका छन् । मोटरसाईकल चोरीका मुुख्य योजनाकार सखुवासभाको पाचखपन नगरपालिकाका ३ का बम बहादुर न्यौपानेलाई भोजपुर ल्याउने तयारी भैरहेको छ ।

सुनसरीको ईटहरीमा पक्राउ गरिएको न्यौपानेलाई सोमबार भोजपुर ल्याउन लागिएको हो । पक्राउ परेकाहरुलाई चोरी मुद्धामा म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।