देउराली ।  उदयपुरको बेलका नगरपालिका ८ डुम्रीबेटेबाट सप्तकोसी नदीले धार परिवर्तन गरी पश्चिम तट भत्काएर  बस्ती तर्फ पसेपछि बेलका नगरपालिकाको ४ वटा वडा र  सुनसरीको वराहक्षेत्र नगरपालिका २ वटा वडा उच्च जोखिममा रहेको छ । 

कोसीले धार परिवर्तन गर्दा उदयपुर, सप्तरी र सुनसरीका ५ वटा पालिका जोखिममा परेका छन्। कोसी ब्यारेजबाट करिब १५ किलोमिटर उत्तरबाट आज बिहान ४ बजे तटबन्ध  भत्काएर पानी बस्ती तर्फ पसेको हो । 

नदीको पानी बस्ती तर्फ पसेसँगै  बेलकाको  ८, ९, ३ र २  नम्बर वडा र  वराहक्षेत्रको ६ र ९ नम्बर वडाका  करिब ३६ सय घरपरिवारका उच्च जोखिममा रहेका छन् । नदी पश्चिम ढल्किएसँगै उदयपुर र सुनसरी दुई जिल्लाका मात्रै ३० हजार मानिस जोखिममा पर्ने वराहक्षेत्र नगरपालिकाका पूर्व मेयर निलम खनालले बताएका छन् । 

296158817_3290403757909228_8416021335514920049_n

 २० मिटर तट भत्काइसको र दिनभरमा ४० मिटर भन्दा बढी भत्काउन सक्ने  बेलका नगरपालिका वडा ९ का वडा अध्यक्ष तथा प्रवक्ता पदम खड्का बताएका छन् । तट भत्किएसँगै त्यहाँ रहेका स्थानीयहरू सुरक्षित स्थान तर्फ गइरहेको छन् भने फसेकाहरूको उद्धारको कार्य भइरहेको  खड्काले बताए । उनका अनुसानर हाल सम्म दश हजार बढीकाे उद्धार भएतापनि अझै धरै उद्धार हुन बाकी रहेकाे छ । 

 सिडिओ कार्यालय सुनसरीका अनुसार वराहक्षेत्र ६ र ९ का ५ सय घर दुरीका २५ सय जनसङ्ख्या प्रभावित  भएका छन् । उनीहरू अहिले श्रीलङ्का टापुमा रहेको  कार्यालयले जनाएको छ । त्यस्तै कार्यालयका अनुसार  बेलका  नगरपालिका २ र ३  बाढीका कारण बढी प्रभावित एको छ भने १ र ९ पनि प्रभाव परेको छ । 

296469582_472486550909965_8744306851867729363_n

अहिले स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाइटीका टिम, राजनीतिकर्मी लगायतले जोखिममा रहेका स्थानीयहरूलाई सुरक्षित स्थान तर्फ उद्धार गरिरहेको छ ।  नदीबाट  तटबन्ध फुटाएर बाढी बस्तीमा पसेसँगै हजारै बिगाहा खेतीयोग्य जमिन नष्ट हुनका साथै १०  हजारै परिवार  विस्थापित हुने सम्भावना रहेको बेलका नगरपालिका प्रमुख अशोक कार्कीले बताएका छन् । 

उनले प्रदेश र केन्द्र सरकारले तुरुन्त सहयोग गर्नुपर्ने बताउँदै मानवीय सुरक्षा कसरी गर्ने भन्ने विकल्प बचेकोले विस्थापित परिवारलाई अन्यत्र सार्ने काम भइरहेको बताएका छन् । 

297209561_3290403797909224_8485126688052854031_n

नदीको सरेर पूर्वबाट पश्चिम तर्फ सरकोले तट भत्काएको स्थानमा पानीको प्रेसर कायम नै रहेकोले स्थिति अझै बिग्रन सक्ने बताइएको छ । गत वर्ष देखिनै कटान गर्दै आएको उक्त स्थानमा  २ महिनायता निरन्तर कटान गरिरहेको थियो । कटान रोक्ने प्रयास गरिएता पनि सम्भव नभएको बेलकाका मेयर कार्कीले बताएका छन् । 

 तट भत्काएर सानो भँगालो मात्र पसिरहेको अवस्था रहे पनि नदीको चाप र तीव्र कटान जारी रहँदा दिनभरिमा मूल भँगालो  पिस्ने सम्भावना रहेको स्थानीय  रमण भट्टराईले बताएका छन् ।