धनकुटा । नागपञ्चमीको अवसरमा मंगलबार धनकुटाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । मन्दिरमा नाग देवताको बास रहेको विश्वासमा भक्तजनहरु पूजाआजाका लागि आउने गर्दछन् । योे मन्दिरमा पूजा–आराधनाका लागि धनकुटाका विभिन्न क्षेत्रसहित तेह्रथुम, भोजपुर, संखुवासभा लगायतका स्थानबाट समेत भक्तजनहरु आएका छन् ।

यस्तै मन्दिरको १२ औं वार्षिक उत्सव समारोहको अवसर पारेर आयोजक बक्रकुण्ड पञ्चेश्वर मन्दिर हिलेले नागपञ्चमी मेला सदा झै यस पनि आयोजना गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बक्रकुण्ड मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा थप विकास गर्नका लागि नगरपालिकावाट भरपूर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रमुख तामाङले धनकुटालाई सुन्दर वनाउनको निम्ती कुनै देश विदेशको नक्कल गरेको नभै धनकुटालाई धनकुटा जस्तै वनाउन नगरपालिका लागी परेको दावी गरे । उनले यसै क्रममा हिलेलाई हिले जस्तै वनाउनको लागी पर्यटकिय दृष्ट्रिकोणले अवलोकन गर्न मिल्ने खाल्का भौतिक पुर्वाधारको काम भैरहेको वताए ।

उनले २ वर्ष अघि नगरपालिकाको लगानीमा बक्रकुण्डमा शेषनागको स्तम्भ राखे पछि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन ठूलो टेवा पुगेको बताएका छन् । प्रमुख तामाङले कस्तुरीको विन्दा हामीसंगै रहेछ, हामी भौतारिएर काहाँ काहाँ गयौं, आखिरी १ सय ३३ कोटि देवी देवता धनकुटा हिलेको वक्रकुण्ड मन्दिरमा रहेको बताए ।

धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष ओङ्गदा तामाङले बक्रकुण्डलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने वताए । बक्रकुण्डको दर्शन गर्न आउने भक्तजनलाई दुर्लब रुपमा रहेको शेषनागले नागपञ्चमीको दिन दर्शन दिने गरेको र यो वर्ष पनि भक्तजनहरु सफल भएको अध्यक्ष तामाङले वताए ।   

 त्यसैगरी नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले धार्मिक  हिसावले हामी नेपालीले सर्पलाई नाग देवताको रुपमा पुजा गछौं । यस्मा हाम्रो धार्मिक आस्था रहेको छ । उनले वातवरणिय सन्तुलन कायम राख्नको लागि पनि सर्प अत्यन्तै महत्वपुर्ण जीव भएको वताए । अध्यक्ष राईले भने–‘सर्पलाई पृथ्वीमा वाँच्ने हक छ, सर्पले टोक्यो भने मान्छेलाई विस लाग्छ मरिन्छ, तर वातवरणिय सन्तुलनको लागि भने सर्पको भूमिका महत्वपुर्ण छ ।’ उनले क्यान्सरको थेरापी गर्नको लागि सर्पको विषबाट औषधी समेत बन्ने दावी गरे । 

धनकुटाको पर्यटकिय स्थलको रुपमा विकास हुदै गरेको यो क्षेत्रमा १२ वर्षअघि नाग पञ्चमीको दिन नाग देवता सहित दर्जनभन्दा बढी देवीदेवताका मुर्ति ढुंगा प्राकृतिक रुपमै देखा परेपछि धार्मिकस्थलको रुपमा स्थापित हुदै आएको छ । त्यसपछि नागपञ्चमीको दिन मन्दिरमा भक्तजनको भिडभाड लाग्ने गरेको छ भने मेलाको अवसरमा मन्दिरमा विभिन्न पुजापाठको आयोजना गरिएको छ ।

बक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिका प्रमुख सल्लहकार लालचन्द्र गोङ्गवा तामाङले अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाली सेनाको पुर्विकमाण्डका महासेनानी सूनिल राठोर, धनपा–१० का वडाध्यक्ष नगेन्द्र पाण्डे, षडेश्वर शिवालय मन्दिर व्यवसथापन समितिका अध्यक्ष चक्र वहादुर कार्की, झिगु समाजका अध्यक्ष डिजेश शाक्य, समाजेसेवी शान्ती खड्का लगायतको उपस्थिति रहेको थियो । नागपञ्चमीको अवसरमा भक्तजनहरुको उल्लेख्य भिड लागेको थियो ।

त्यसैगरी डा.कुवामा पनि नागको पुजा धनकुटा नगरपालिका वडा नं.६ मा रहेको डा.कुवामा पनि स्थानियहरुले नागको पुजा तथा आरधना गरेका छन् । धनकुटा नगरपालिका वडा नं.६ मा रहेको सिरान वजारमा रहेको दिदिवहिनी समुहले नाग पञ्चमीको अवसरमा नागको पुजा आरधना गरेका हुन् ।

दिदिवहिनी समुहका अध्यक्ष लिला दाहालका अनुसार महलक्ष्मी नगरपालिका वडा नं.७ घर भइ हाल धनकुटा–६ सिरान वजारमा वसोवास गरिरहेका पण्डित शिव प्रसाद सुवेदी मार्फत नाग पुजा गरिएको वताए । नाग पञ्चमीको अवसर पारेर पहिलो पटक डा.कुवामा नागको पुजा गरिएको दिदिवहिनी समुहका सल्लाहकार ज्ञान वहादुर थापाले वताए ।