भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका ३ का च्याङग्रेका खड्गराज शाक्यले प्रहरी चौकी भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । शाक्यले प्रहरीको चौकी निर्माणका लागि २९ लाख मुुल्य पर्ने ३ रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुुन् ।

गाउँपालिकाको सुरक्षामा सहजता होस भन्ने उद्धेश्यले प्रहरी चौकी भवन निर्माणका लागि जग्गा दिएको जग्गादाता शाक्यले बताए । भवन निर्माण भए पछि गाउँपालिकाको सुुरक्षामा खटिने प्रहरीलाई काम गर्न सहज हुने उनको बिश्वास छ । शाक्यले मंगलबार प्रहरी चौकी च्याङग्रेको नाममा जग्गा पास गरि दिएको जिल्ला प्रहरी कार्यालय भोजपुुरका प्रहरी नायव उपरिक्षक डिएसपी राजकुुमार राईले बताए ।

गाउँपालिका अध्यक्ष किरण राई, प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराई , वडाध्यक्ष तिर्थ कार्की लगाएतको उपस्थितिमा जग्गा धनी शाक्यले जग्गा पास गरि दिएको डिएसपी राईले जानकारी दिए ।

डिएसपी राईले जग्गा प्रदान गर्ने शाक्य र उनको परिवारलाई विशेष धन्यवाद दिएका छन । उनले जग्गा प्रदान गर्नका लागि पहल गरेकोमा गाउँपालिका अध्यक्ष किरण राई लगाएत सम्पुर्ण गाउँपालिका परिवार प्रति समेत आभार व्यक्त गरे । प्राप्त जग्गामा प्रहरी चौकी च्याङग्रेको भवन निर्माण गरिने जिल्ला प्रहरी कार्यालय भोजपुुरले जनाएको छ ।