होलिल्याण्ड स्कुल, चिल्ड्रेन एकेडेमी, कार्मेल र टावर टेम्पल स्कुल बिर्तामोड स्कुल प्रदेश १ स्तरिय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको सेमिफाइनलमा प्रबेश गरेका छन ।

 वर्षाको कारण तेस्रो दिन पनि धरान १६ स्थित कर्भडहलमा खेलाइएको क्वाटर फाइनल खेलमा होलिल्याण्ड स्कुलले सगरमाथा स्कुललाइ ५२–२१, चिल्ड्रेन एकेडेमीले केके स्कुललाई ४५–१८, कार्मेल स्कुलले लोटस स्कुललाइ २१–१४ र टावर टेम्पलले सियोन स्कुललाइ २५(१६  अंकले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेका हुन । पहिलो क्वाटर फाइनल खेलमा चिल्ड्रेन र सगरमाथा स्कुलले प्रत्यक क्वाटरमा ९–५, २०–६, ६–४ र १७(६ अंक जोडेका थिए । दोस्रो खेलमा चिल्ड्रेन र के के स्कुलले ८–२, १६–२, ११–४ र १०–१० अंक जोडे ।

यसै गरि तेस्रो क्वाटर फाइनल खेलमा कार्मेल र लोटस स्कुलले ७(१, ८(०, २(६ र ४(७  अंक जोडे । अन्तिम खेलम टावर टेम्पल र सियोन स्कुलले ३–२, ९–२, ६–२ र ७–१०अंक जोड्दै सेमिफाइनल प्रबेश गरे ।

भोलि हुने पहिलो सेमि फाइनल खेलमा चिल्ड्रेन एकेडेमीले कार्मेल स्कुल र दोस्रो सेमिफाइनल खेल होलिल्याण्ड स्कुलले टावरटेम्पल स्कुल बिर्तामोड संग प्रतिश्पर्धा गर्नेछ ।

 प्रतियोगितामा धरान र धरान वाहिरका गरि १६ वटा विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगिताका विजेता टिमले नगद पन्द्र हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसैगरि प्रतियोगिताका उत्कृष्ट खेलाडि र हाइस्कोररले जनहि नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको फाइनल खेल श्रावण २० गते हुने आयोजकले जनाएको छ ।