वीरगञ्ज महानगरपालिका–२ का शेख मुन्नाले यहाँबाट भारतको राजधानी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने भएका छन्। 

पैदलयात्रा यही साउन २१ गते शनिबार बिहान ७ बजे वीरगञ्जको घण्टाघरबाट प्रारम्भ हुने छ । वीरगञ्जबाट भारतको बिहारको रक्सौल, नरकटियागञ्ज, रामनगर, बगाहा हुँदै उत्तरप्रदेश तथा गाजियावाद, बुलंदशहर, गाजियवाद हुँदै दिल्ली पुगेर पैदलयात्रा पूरा गर्ने लक्ष्य उनले राखेका छन् । 

नेपालको पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने उद्देश्यका साथ आफूले पैदलयात्रा गर्न लागेको उनले जानकारी दिए । यसका लागि भारु दुई लाख खर्च लाग्ने बताइएको छ ।