विराटनगर । मोरङको जहदा गाउँपालिका–७ मा आइतबार राति ६ घरमा  चोरी भएको छ । घरहरूमा सुरुङ खनेर चोरी गरेको जहदा गाउँपालिका–७ का वडाध्यक्ष भगवान मरण्डीले जानकारी दिए ।

सिक्टी महतो, मुसहरु महतो, ताला सोरेन, मालिकलाल सोरेन, नारायण बेसरा र शान्ति बेसराको घरमा चोरी भएको उनले बताए । ‘चोरी भएका सबै घरमा एकै प्रकृतिले चोरी भएको छ । घरमा भएका घरगहना र नगद चोरी गर्न घरबाहिरबाट सुरुङ खनेको देखिएको छ’ उनले भने, ‘बाहिर माटो झिकेर भित्र सुरुङ खनेको देखिएको छ ।’

नगद, गहना, कपडा तथा अन्य जिन्सी सामान चोरी गरिएको हो । चोरीमा संलग्न समूह टाटीको बाराबेरा भएका घर भत्काएर प्रवेश गरेको छ । तर, पक्की घरमा भने सुरुङ खनेर पसेका छन् । चोरीको घटनामा मोरङ प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।