धरान । सुनसरी उद्योग वाणिज्य सङ्घले व्यापारी व्यवसायीलाई एक दिने संस्थागत विकास तथा क्षमता र व्यापार अभिवृद्धि तालिम दिएको छ ।

उवासङ्घको सभाहलमा आयोजना गरिएको कार्यक्रममा धरान रेडिमेड व्यापार सङ्घको संयोजन रहेको थियो । तालिममा ६३ जना सहभागी रहेको कार्यक्रम संयोजक गोपीकृष्ण घिमिरेले जानकारी गराएका छन् । कार्यक्रममा मोहन श्रेष्ठ र हेम राईले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागीहरूलाई प्रमाण–पत्र वितरण गरिएको थियो । तालिममा स्वस्थ व्यापार कसरी गर्ने र व्यवसायीहरूले त्यसका लागि अपनाउनु पर्ने कुराबारे जानकारी गराएका थिए । कार्यक्रममा धरान रेडिमेड व्यापार सङ्घका अध्यक्ष उमेश श्रेष्ठ, सुनसरी उवासङ्घका अध्यक्ष विजय श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।