नेपाल राउण्ड टेवल अन्तर्गत धरान  राउण्ड  टेवल २६ काे ५ औ वार्षिक साधारणसभा भारतकाे  सिलिगुडीमा सम्पन्न भएकाे छ । 

गत साउन ८ गते सम्पन्न साधारण सभामा अध्यक्षमा अग्रिम खेतान निर्वाचित भएका छन भने बोर्डका   उपाध्यक्षमा सेनकी अग्रवाल, सचिवमा निमेष अग्रवाल, कोषाध्यक्षमा प्रशांत अग्रवाल निर्वाचित भएका छन् । 

यस अघि बाेर्डकाे पूर्व अध्यक्षमा कृष्ण कुमार अटल रहेका थिए । सभाले धरान राउंड टेबल २६ का संस्थापक अध्यक्ष चंद्र कुमार अग्रवाललाई स्टार टेबलर ऑफ द ईयरबाट सम्मानित गरी उनलाई एचटीकाे उपाधि दिएकाे नवनिर्वाचित सचिवमा निमेष अग्रवालले बताएका छन् । 

 धरान राउंड टेबल २६ ले धरानका विभिन्न सामुदायिक विद्यालयहरूमा विभिन्नखाले शैक्षिक तथा भाैतिक निर्माणमा समेत सहयाेग गर्दै अाएकाे छ ।  

संस्थाले विभिन्न समयमा वृक्षारोपण, रक्तदान , खाना वितरण, जस्ता कार्य गर्दै  सामाजिक क्षेत्रमा सहयाेग गर्दै अाएकाे छ । 

 सम्पन्न साधारणसभामा राउण्ड टेबल नेपालका अध्यक्ष आनंद बाहेती, नेशनल एलएपीडी कन्वेनर नितेश अग्रवाल साथै  राउण्ड टेबलका सदस्यहरु को सहभागिता रहेको निमेषले बताए ।