धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अङ्कले उकालो लागेर दुई हजार १९६।२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अङ्कले उकालो लागेर ४२१.१४ मा पुगेको छ ।

नेप्सेमा झिनो अङ्कको बृद्धि भए पनि कारोबार रकम भने उकालो लागेको छ । कूल २१७ कम्पनीको एक करोड पाँच लाख १८ हजार ७१२ कित्ता शेयर रु चार अर्ब ६७ करोड सात लाख ९८ हजार ७५६ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ३६ अर्ब ११ करोड सात लाख २० हजार बराबर रहेको छ ।

उतारचढावपूर्ण कारोबारकाबीचमा कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको शेयर मूल्यमा भने गिरावट देखियो ।

बैंकिङ ५.७, व्यापार ७६.२२, जलविद्युत् १८.३७, उत्पादन १०९.१८ र लगानी ०.५३ अङ्कले उकालो लाग्यो । यस्तै, होटल ६०.८७, विकास बैंक ५९.४२, वित्त १.९९, निर्जीवन बीमा १९.७७, अन्य १०.८५, लघुवित्त ५८.६८, जीवन बीमा १९.५२ र सामूहिक लगानी कोष ०.०६ अङ्कले उकालो लाग्यो ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३८ करोड ३१ लाख ११ हजार बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी १६ करोड २७ लाख ७३ हजार ५३४, एचआइडिसिएल १३ करोड ७६ लाख ७० जार ७०४, अपि पावर कम्पनी १२ करोड ९१ लाख ८९ हजार ५६४ र अरुण भ्याली हाइड्रोपावर १२ करोड ८९ लाख ८६ हजार ६१८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बुटवल पावर कम्पनी ६.९५, सिटिजन म्युचुअल फन्ड दोस्रो ६.४५, गुडबिल फाइनान्स ६.२३, दोर्दी खोला जलविद्युत् कम्पनी ५.५७ र एचआइडिसिएलका लगानीकर्ताले ५.०७ प्रतिशतले कमाए ।

स्वाभिमान लघुवित्त ५.२१, स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.७१, सूर्योदय बोमी लघुवित्त ४.०९, कृषि विकास बैंकको ऋणपत्र ३.९६ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाए ।