विजयपुर । वराह बचत तथा ऋण सहकारी पीडित विरुद्ध धरान उपमहनागरका प्रमुख हर्कराज राईले जाहेरी दिएका छन् । 

सोमबार वराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीसहित ५ जनाको नाममा जाहेरी दिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठका अनुसार संघर्ष समिति विरुद्ध जाहेरी दर्ता भएको हो । उनले भने, ‘जाहेरी आएको छ । मैले दर्ता गरिसके को को कति जनाका विषयमा अध्ययन गर्दै छु । उनका अनुसार को को र कति जना विरुद्ध भन्ने यकिन भने आएको छैन । 

नगरपालिका स्रोतका अनुसार भने ५ जना विरुद्ध जाहेरी दिएका हुन् । आइतबार ११ बजे वराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरू न्याय माग्दै धरान उपमहानगरको कार्यालय नगर प्रमुख हर्कराज राईको अभिव्यक्तिसँग आक्रोसित बनेको भीडले राईको कार्यकक्षको झ्याल तोडफोड गरेका थिए । सोही तोडफोड विरुद्ध प्रमुख राईले जाहेरी दिएको प्रहरीले जनाएको छ ।