विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले एमएसडब्लू (मास्टर इन सोसल वर्क) र मास्टर इन एजुकेसन (एमएड) को अध्यापन सुरू गर्ने भएको छ । 

चालु शैक्षिक सत्रदेखि मानविकी संकाय अन्तर्गत सामाजिक कार्य विषयमा स्नातकोत्तर एमएसडब्लू र शिक्षाशास्त्र संकायमा स्नातकोत्तर एमएड सञ्चालन गर्ने भएको हो ।

विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरि सामाजिक कार्य विषयमा ३३ जना र शिक्षामा ६० जना विद्यार्थीलाई अध्यापन गराउने जनता आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा डाइरेक्टर महेशप्रसाद निरौलाले जानकारी दिए । 

पूर्वाञ्चल विश्वविद्यालयले न्यूनतम शुल्कमा दुई विषय अध्यापन गराउने उनले बताए । उनका अनुसार चार सेमेस्टरको एमएसडब्लूको कोर्षको जम्मा शूल्क एक लाख ६० हजार ?पैयाँ शुल्क लाग्नेछ । एमएडको भने ५५ हजारमा दुई वर्षे कोर्ष अध्यापन हुनेछ ।

त्रिभुवन विश्वविद्यालयले मात्र सञ्चालन गर्दै आएको एमएस डब्लूमा विद्यार्थीको चाप बढेपछि पूर्वाञ्चल विश्वविद्यालयले यो विषयको स्नातकोत्तर तहको अध्यापन गराउने निर्णय गरेको उनले बताए । स्नातकोत्तर तहको अध्यापन गराउने क्याम्स नहुदा स्तातककोत्तर तहेको अध्ययन गर्न काठमाण्डौं जानुपर्ने बाध्यता पनि अब अन्त्य भएको उनले बताए ।

विराटनगर महानगरपालिका १ मा रहेको जनता कलेजले कानून तर्फ स्नातकोत्तर (एलएलएम) पनि सञ्चालन गर्ने तयारी गरेको पोेखरेलले बताए ।  जनता आर्दश बहुमुख िक्याम्पस अन्र्गत बीएड, बीएड शैक्षिक कार्यक्रम संचालन रहेको छ ।

जनसंख्या तथा विकास केन्द्र अन्र्गत एमएससी, पिआरडी शैक्षिक कार्यक्रम पनि संचालनमा रहेको छ । कलेज अफ ल अन्तर्गत पाँच वर्षे बीएलएलबी र तीन वर्षे एलएलबी शैक्षिक कार्यक्रम संचालन रहेको पूर्वाञ्चल विश्वविद्यालयका कला शिक्षा तथा कानुन संकायका डिन प्रा.डा. अनिल पोखरेलले जानकारी दिए ।