धरान । सहरी गाउँका नागरिक धूमपानको लतले रोगबाट ग्रसित भएको ‘सामाजिक स्वास्थ्य क्लिनिक’को परीक्षणमा भेटिएको छ । 

परिवर्तनका लागि सामाजिक अभियानले पाक्षिक रूपमा आयोजना गर्दै आएको शनिबारको क्लिनिकमा आएका ज्येष्ठ नागरिक धूमपानका कारण ग्रसित भएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहले बताए । धरान–६, २०७२ सालमा धरान उपमहानगरपालिकामा गाभिएको वडा हो । त्यहाँको सरस्वती माध्यामिक विद्यालयको सहकार्यमा गरिएको क्लिनिकमा ९५ जना ज्येष्ठ नागरिक सहभागी थिए । 

samajik_aviyan (2)

सहभागीमध्ये अधिकांश बिरामी हुनका कारण धूमपान रहेको डा. साहले बताए । यसअघिसम्म धरानका सहरी क्षेत्रमा क्लिनिक गरिँदै आएको थियो । ‘बजारको तुलनामा पानबारीमा अधिक बिरामीहरू धूमपानका कारणले भएको पाइयो’ डा. साहले भने । उनका अनुसार कतिपय यस्ता बिरामी पनि भेटिए; जो लामो समयदेखि रोगभन्दा भिन्न औषधिको सेवन गर्दै आएका थिए । 

अभियानको २१ औँ संस्करणमा सहभागी अधिकांश ज्येष्ठ नागरिकहरूले बूढाबूढीलाई गाउँघरमै सेवा दिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए । अभियानका अध्यक्ष विष्णु बरालले सहरी गाउँमा गरिएको कार्यक्रम अन्य स्थानभन्दा फलदायी भएको बताए । सहरी गाउँमा बढी धूमपान र खानपानमा ध्यान नदिँदा बिरामी हुने दर बढी भएकाले जनचेतना जगाउन आवश्यक रहेको उनले बताए । 

सहकार्यमा सहभागी स्कुलका प्रधानाध्यापक गंगाप्रसाद धमलाले अभियानले स्वास्थ्य कार्यक्रम गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिए । त्यसो त, स्कुलले आफ्नो कार्यालय परिसरभरि ‘सन्तुलित खाना र जङ्क फुड’बारे सचेतना गराइएको फ्लेक्स बोर्डहरू टाँगेको छ । 

सहकार्यमा सहभागी स्कुलका प्रधानाध्यापक गंगाप्रसाद धमलाले अभियानले स्वास्थ्य कार्यक्रम गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिए । त्यसो त, स्कुलले आफ्नो कार्यालय परिसरभरि ‘सन्तुलित खाना र जङ्क फुड’बारे सचेतना गराइएको फ्लेक्स बोर्डहरू टाँगेको छ । अभियानको कार्यप्रति प्रअ धमला खुसी देखिए ।