भद्रपुर । लेखक रेणुका भट्टराइद्धारा लिखित 'समाजसेवी यात्रामा नन्दप्रसाद' नामक तेस्रो  कृति विमोचन गरिएको छ । काव्य घर नेपाल दमकले शुक्रबार भद्रपुरमा आयोजना गरेको कार्यक्रममा कृति विमोचन गरिएको हो ।

पेरोल साहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेको कृतिमा पूर्व न्यायधिश तथा समाजसेवी पौडेलको जीवनको यथार्थ र भोगाईका कुराहरुलाइ पुस्तकमा चित्रण गरिएको छ । ९२ वर्षिय पौडेलले पदमा रहेर होस या सेवानिवृत्त भएर पनि समाजमा योगदान दिइरहेको बताइएको छ ।

साहित्यकार तिला लेकालीले पुस्तको समिक्षा गरेकी थिइन् । साहित्यकार लेकालीले पौडेलले जीवनमा भोगेका यथार्थ कुरा चित्रण गएिकोमा खुशी व्यक्त गरेकी थिइन् । लेखक भट्टराईलाई धन्यवाद दिदै लेकालीले पौडेल जस्ता कयौं स्रस्टा ओझेलमा परेको हुनाले अरु स्रस्टालाई पनि यसरी नै समाजमा चित्रण गर्ने आशा राखेको वताइन् ।

काव्यघर नेपाल डेक्स दमकका अध्यक्ष राजकुमार खड्काको सभापतित्व तथा साहित्यकार चुडामणि रेग्मीको आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर उप–प्रमुख राधा कार्की, वडा नं. ८ का अध्यक्ष गौरब सुव्वा, प्राज्ञ सभासदस्य शुभद्रा भट्टराइ, साहित्यकार कृष्ण सुवेदी निराकारले शुभकामना राखेका थिए । 

साहित्यकार देविचरण भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सङ्गम सुहाङ्ले गरेका थिए ।